काठमाडौ ।

चितवन जिल्ला सारदानगर गा.वि.स. वडा नंं. ७ शहीदडम्मरपोखरी निवासी बुबा लक्ष्मण नेपाली र आमा सुकमाया नेपालीको माहिलो सन्तानको रुपमा जन्म हुनुभएका २७ बर्षीय राम कोइराला (नेपाली) विगत तीन महिनादेखि किड्नीको गम्भीर समस्याबाट ग्रसित हुनुभएको छ। दुवै किड्नी नचल्ने भएपछि शिक्षण अस्पताल महाराजगञ्जमा गत कार्तिक १० गते देखि भर्ना हुनुभएका नेपाली पौष २० गते नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा भर्ना हुनुभएको थियो। आर्थिक रुपमा अत्यन्तै महड्डो रहेको डायलोसिस विधिद्वारा उपचार गरिदैं आउने क्रममा आर्थिक अभावमा त्यहा147बाट बीर अस्पताल सारिएको छ। हाल बीर अस्पतालबाट डायलोसिस प्रक्रियाबाटै उपचाररत हुनुहुन्छ। चिकित्सकहरूका अनसार उहा147लाई किड्नी फेर्नका लागि भारतको अस्पतालमा लैजानुपर्ने हुन्छ। र डायलोसिस गर्ने क्रममा मासिक २० हजारको व्ययभार थाम्न सक्ने हालतमा परिवार नहुनु र किड्नी फेर्नका लागि कम्तिमा ८ लाख रुपैया जुटाउन नसक्नु ठूलो बिडम्बना भएको छ। अन्तरिम संविधानमा स्वास्थ्यलाई जनताको मौलिक हकमा रहेकोे यस परिप्रेक्ष्यमा राम नेपाली जस्ता गरीब जनताका लागि सो उपचार “आकाशको फल आ147खा तानी मर” भएको छ। उता उहा147को उपचार गर्दा गर्दा निरिह हालतमा रहनुभएका उहा147को दाईले अब “मर्न भन्दा बहुलाउन निको” भन्दै हाम्रो दलित मुक्ति मोर्चाको कार्यालयमा सहयोगका लागि अनुरोध गर्नुभएपछि यो खबर आम जनसमुदायमा पुर्याउनका लागि यो अनुरोध गरिएको छ कि राम कोइरालाजस्ता व्यक्तिहरू पैसा नभएकै कारण अकालमा मर्न नपरोस्। “एक थुकी सुकी सैयौं थुकी नदी” भनेजस्तै अलि अलि सबैले सहयोग गरौं। राष्ट्रनिर्माणको भूमिका निर्वाह गर्न सक्ने सम्भावना भएका यूवाको जीवन सबैले बचाऔं।
सहयोगका लागि सम्पर्क गर्नुपर्ने स्थान : नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय कार्यालय, कोटेश्वर।
फोन : ४४६९३६३ /९८४१३८१४६४(पदम)।
९८४१३३२२९६ (दाई सन्तबहादुर नेपाली), नया बजार।
संकलन बैंक खाता नं. : १५९४८–६५–१०–७१२०७, नेपाल बैंक लिमिटेड, क्षेत्रपाटी शाखा।

No comments:
Post a Comment