
कति वर्ष पुगे हुँला गर्नुहोस है गेस हजुर,
तपाईको जिम्मा हो यो गरे मैले पेस हजुर।
तोते बोल्न छाडेको भयो धेरै वर्षहरु,
कल्पनामा सम्भि्कएर रमाकोछु भोटोको भेष हजुर।
म त धेरै भाग्यमानी आफूलाई लडेकोछु,
छुवाछूत र विभेदको सिकार मेरो देश हजुर।
अघि अघि लम्कि जाने मेरो ठूलो चाहना,
जीवनको यो यात्रामा कोही नलागेस ठेस हजुर।
धैर्य र बहादुरी नेपालीको पहिचान रे,
कति वर्ष पुगेकोछु भोलीसम्म पर्खनै बेस हजुर।

No comments:
Post a Comment