Friday, July 27, 2007

नरीसाउ है मातृभूमी

टिका अजिवी, गूल्मी

सयपत्री र लालुपाते बगैचामा फुलेका ती
आशा र भरोसामा सप्तकोशी बगेका ती
सपनाहरु मिठो मानी भारी बानी बोकेको छु ।
विदेशीको माटोतिर सुइ कुच्चा ठोकेको छ ।

बालखैमा वुवा खसे भयो उद्योगति
स्वदेश छोडी परदेश हिडे बिग्रीयो की मति
नरीसाउ है मातृभूमी मैले छाडी जादाँ
सधैभरि विदेशीको कति हुला बाँधा

इच्छा थियो सेवा गर्न मेरो प्यारो देशको
गुन्यू चोलो दौरा सुरुवाल नेपाली यो भेषको
ममता र स्नेहाको सगरमाथा मन भित्र
न मैलियोस कहिल्यै पनि हृदयमा तिम्रो चित्र

Wednesday, July 18, 2007

प्रेम पनि थामिदेउन

कुन गांउ हो कुन ठाँउ हो तिम्रो जन्म भूमि
हांसी हांसी बसेकी छौ तिमी खेली खेली रमी
हांसो पनि लोभ लाग्दो सिकाईदेउन माया
मेरो दिलमा तिम्रो रुपको पारिदेउन छाया ।


नबोलेनी बोलौ बोलौ लाक्छ तिम्लाई देख्दा
लेखौ लेखौ लाक्छ चिठी किताब पल्टाई हेर्दा
मुस्कान मात्र भए पनि छाडिदेउन माया
मेरो दिलमा तिम्रो रुपको पारिदेउन छाया ।


बोलबोल किन लाज भनि देउन नाँउ
उपहार पठाउला भनी देउन गाँउ
मेरो पनि मनको कुरा बुझिदेउन माया
मेरो दिलमा तिम्रो रुपको पारिदेउन छाया ।


हात माथि हात राख जीवन भरी जिउला
जीन्दागीको नाली-बेली सबै बताई दिउला
मेरो मनको प्रेम पनि थामिदेउन माया
मेरो दिलमा तिम्रो रुपको पारिदेउन छाया ।

२०६१ मंसीर १४

Tuesday, July 17, 2007

भोक निद्रा लाको छैन्

जुधाउन नै आउछेउ कि आंखा तिमी कौंशी नेर
एकछिन तिमीलाई नदेख्दा अन्धकार दिनै हुन्छ हेर
कौंशी नेर आई तिमी आंखा त्यसै मर्काई दिदा
हेर्छु भन्छु तिमी तिर सक्दिन म हेर्न सिधा ॥


न त तिमीलाई देखेकोथिए न त तिमीलाई चिनेको छु
न त तिम्रो नाम नै थाहा छ न त तिमीसंग बोलेको छु
कस्तो रहेछ तिमो रुप एक जुधाईमा पारिदियौ टक्क
यता उता मै तिर हेरे जस्तो लाक्छ मै परि दिन्छु मख्ख ।

बोलौ भने िनंहु छैन नबोलौ त तिमीसंगै बोलौ बालौ लाक्छ
एकछिन तिम्ले नहेरी दिदा कल्पना नै सारा मेरो भागी जान्छ
देखाई र हेराई हाम्रो धेरै दिनको भाको छैन्
आज भोली तिम्रै यादले भोक निद्रा लाको छैन् ॥

मेरो मनमा राज तिम्ले गर्यौ कस्ले गर्ला तिम्रो मनमा
यसको जवाफ लेखी पठाउ मेरी रानी के छ तिम्रो मनमा ॥
२०६१ चैत्र २४

Saturday, July 14, 2007

हाँसो

हास हास कति सक्छौ हास्न
हाँ…हाँ…हाँ…।
अर्काको आलोचना गरेर
बस तिमी कति बस्छौ
पलेटी कसेर
कहिले सोचेकी छौ तिमीले
त्यहां तिमी बस्दा परेको असर
मात्र थाहा छ तिमीलाई
थाहा छ तिमीलाई मात्र समुह र
जमात गराई हास्ने रहर
तिम्रो एक छिनको रमाइलो र
उमङ्गले कुनै स्वतन्त्र तरङ्गलाई बाधा गरी
दांया बांया ढल्मलाई
रात त्यसै बिताउनु परेको छ कि
त्यो पनि के थाहा
मात्र थाहा छ तिमीलाई
हेरेको आधारमा बिकुल
बजाई नारीत्व प्रदर्शन गर्न
तर थाहा छैन तिमीलाई
मनले मन साट्न खोजेको
मात्र थाहा छ तिमीलाई
हेरेको आधार बनाई
गीज्जाएर हास्न
हास हास कति सक्छौ हास्न
शारिरिक स्वस्थ्यको लागि पनि राम्रो छ ।
तर मेरो ठांउमा आपुूलाई राखेर दाज
अनि पो चाल पाउछौ
त्यस फलको स्वाद
के को चाल पाउथ्यौं
मात्र हास्न जुटेको जमात
पांच छ दिनसम्म आंखा
मर्काएर बारम्बार
चोर्यो यो दिलको साथ
तर मेरै गल्ती नै हो
नचिनेरै नबोलेरै
एकोहोरो हेर्नु तर
फेरी तिमीले पनि त १ हेरे कै थियौ
तर मान्छेले आपुनो गल्ती
कहां पो कहिले देख्छर
त्यसैले
हास हास तिमी मेरै कुरा गरेर
मेरै गल्ती सम्झेर हास
कति सक्छौ हास्न हास
जमात र समुह बनाई बनाई ।
धन्य छौ प्रभु तिमी
धन्न हास्न र आलोचना गर्न सक्ने मुख दिएछौ
त्यसैमा
मनको पिडा र जलन बुभुन सक्ने
मष्तिस्क र मन दिएको भए
म प्रभुलाई अझ
(मुरी मुरी स्याब्बासी दिन्थे ।)…२


मिति ः २०६१ चैत्र २६ शुक्रबार