Saturday, June 09, 2012

साईत बल्ल जुर्यो ।

पहिलाको ल्यापटप बिग्रिएर नबन्ने भएको धेरै भयो । अर्को ल्यापटप किन्नु होला होला भन्दा भन्दै दुई वर्ष पार गरि सकेछ । समयले नेटो काट्न केहि बेर नै हुदो रहेनछ । त्यसैले समय काटेको पत्तै भएन । ल्यापटप बिग्रियो, डेस्कटपले काम चलिरहयो । ल्यापटपको  धेरै भन्दा धेरै आवश्यक भएको महशुस पनि भएन तर भएको भए हुने भन्ने महशुस भने भै नै रहयो । महशुसले मात्र केही हुने रहेनछ । महशुसलाई यथार्थमा परिवर्तन गर्न धेरै कुराले भूमिका खेल्दा रहेछ- चाहेर वा नचाहेर । धेरै कुराको थिचो मिचोलाई पार गर्दै आजसम्म पार गरियो र हिजो (२०६९ जेष्ठ २६ गते शुक्रबार) बल्ल नयाँ ल्यापटप ल्याउने साईत जुर्यो । ल्यापटप नभै नहुने भए पछि जसरी तसरी ल्याउन बाध्य भए र ल्याए ।

(Dell i3-3450 VOSTRO)

Friday, June 01, 2012

रक्तचापमा पहिलो पटक समस्या

धेरै दिन भएको थियो टाँउको दुख्न लागेको, यती धेरै जतिबेला पनि नदुख्नु पर्ने भनेर आज "ब्लड प्रेसर" चेक गरेको त प्रेसर त स्वात्तै 80/60 भएछ । आज पहिलो पटक रक्तचापमा समस्या देखिएको छ ।