(Dell i3-3450 VOSTRO)
Saturday, June 09, 2012
साईत बल्ल जुर्यो ।
पहिलाको ल्यापटप बिग्रिएर नबन्ने भएको धेरै भयो । अर्को ल्यापटप किन्नु होला होला भन्दा भन्दै दुई वर्ष पार गरि सकेछ । समयले नेटो काट्न केहि बेर नै हुदो रहेनछ । त्यसैले समय काटेको पत्तै भएन । ल्यापटप बिग्रियो, डेस्कटपले काम चलिरहयो । ल्यापटपको धेरै भन्दा धेरै आवश्यक भएको महशुस पनि भएन तर भएको भए हुने भन्ने महशुस भने भै नै रहयो । महशुसले मात्र केही हुने रहेनछ । महशुसलाई यथार्थमा परिवर्तन गर्न धेरै कुराले भूमिका खेल्दा रहेछ- चाहेर वा नचाहेर । धेरै कुराको थिचो मिचोलाई पार गर्दै आजसम्म पार गरियो र हिजो (२०६९ जेष्ठ २६ गते शुक्रबार) बल्ल नयाँ ल्यापटप ल्याउने साईत जुर्यो । ल्यापटप नभै नहुने भए पछि जसरी तसरी ल्याउन बाध्य भए र ल्याए ।
Friday, June 01, 2012
रक्तचापमा पहिलो पटक समस्या
धेरै दिन भएको थियो टाँउको दुख्न लागेको, यती धेरै जतिबेला पनि नदुख्नु पर्ने भनेर आज "ब्लड प्रेसर" चेक गरेको त प्रेसर त स्वात्तै 80/60 भएछ । आज पहिलो पटक रक्तचापमा समस्या देखिएको छ ।
Sunday, May 27, 2012
संविधानसभाको बिघटनले देखाएको चित्र
संविधानसभाको बिघटनले देखाए मेरो विचारमा यस्तो चित्र देखाएको छ:
१) केहि हदसम्म चित्रबहादुर के.सी.को जित/पक्षमा जनमत गएको छ ।
२) हाम्रा जनजाती नेताहरु तथा मधेसी दलका पार्टीहरुका प्रमुख नेताहरुले यो बुझेनन कि संविधानसभा भएन भने त हामीलाई कस्ले दिन्छ जातिय राज्य र एक मधेस एक प्रदेश भनेर सोच्न सक्नु भएन ।
३) वास्तवमा नेपाललाई संघियता चाहिएको रहेनछ ।
४) लो त संविधानसभा नै नरहे कहाँबाट जातिय राज्य र एक मधेस, एक प्रदेस हुदो रहेछ भन्ने सोचबाट ग्रसित नेपाली राजनीतिका प्रमुख दलका नेताहरु देखिए जुन, नेताहरु बाहुनवादी सोच हो ।
५) लचिलो र ईमान्दारी वा सधैभरी एउटैले मात्रै (एकै पार्टीले) मात्र त्याग गर्नु पर्छ भन्ने होईन रहेछ । यो बिचमा एमालेले संकटको बेलामा आफ्नो पार्टीको नीति विपरित धेरै काम गरेको थियो तर यसको मुल्यांकन नेपाली राजनीतिले कहिल्य पनि गर्न सकेन र जहिले पनि एमालेलाईनै दोषी देखाउने काम गरियो । त्यसैले एमालेले मात्रै होईन एमाओवादी, काँग्रेस वा मधेसी मोर्चाले त्याग गरेको भए संविधानसभा बच्न सक्ने थियो ।
६) अबको संविधानसभाको चुनावमा संघियताको विपक्षमा जनमत बढ्न सक्ने देखिन्छ ।

असक्षम नेतालाई लोप्पा खुवाउनका लागि ७ मंसिरलाई स्वागत गरौं
लौ है मित्रहरु,
संविधान पाउन फेरी भोट हाल्नु पर्ने भो यि काम गर्न नसक्ने नेताहरुलाई । के गर्नु भोट त हाल्नै पर्छ । आजैदेखि सोच्नुहोस् है अब यि असक्षम नेतालाई लोप्पा खुवाउनका लागि । मैले त मतदाता नामावलीमा नाम पनि लेखाएको छैन, तपाईले पनि लेखाउनु भएको छैन भने लौ अब निर्वाचन आयोगमा गएर नामदर्ता गर्ने पर्ने भो ७ मंसिर 2069 मा भोट हाल्न ।
@किर्तिपुर, 12:18 AM

प्रधामन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै
प्रधामन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रको नाममा सम्बोधन गर्दै । @किर्तिपुर 12:01 AM (मध्यराती)
अर्को संविधानसभाको निर्वाचन मंसिर 7, 2069 मा
संविधानसभाको निर्वाचन मंसिर ७ गते गर्ने घोषणा । @किर्तिपुर, 11:37
थुक्क असक्षम नेपाली राजनीतिका प्रमुख नेताहरु
थुक्क असक्षम नेपाली राजनीतिका प्रमुख नेताहरु । संविधान त दिन सकेनौं सकेनौं, संविधानसभा पनि बचाई राख्न पनि सकेनौं । अब के नाक लिएर जनतासामु जाने हिम्मत राख्छौं । @किर्तिपुर, 11:25 PM
संविधान नदिई भंग हुने नै हो त?
नेपाली राजनीतिका केही नेताहरुका स्वार्थका कारणले गर्दा नेपालीले जनताले संविधानसभाबाट संविधान पाउने सम्भावना शुन्य हुदै गएको छ ।
संविधानसभाबाट नेपाली जनतालाई संविधान दिन सकेनन प्रमुख दलका प्रमुख नेताले भने नेपाली जनताले कदापि माफ गर्ने छैन । @किर्तिपुर, 8:58 PM
संविधानसभाबाट नेपाली जनतालाई संविधान दिन सकेनन प्रमुख दलका प्रमुख नेताले भने नेपाली जनताले कदापि माफ गर्ने छैन । @किर्तिपुर, 8:58 PM
Friday, May 25, 2012
दलित नेता मनबहादुर विश्वकर्माप्रति हार्दिक श्रद्दान्जली र सलाम

पूर्व साँसद एवम् दलित आन्दोलनका अग्रणी व्यक्ति मनबहादुर विश्वकर्माको निधन भएको छ । विगत लामो समयदेखी मृगौला रोगबाट ग्रसित विश्वकर्माको आज विहान उपचारको क्रममा राजधानीको वीर अस्पतालमा निधन भएको हो । उहाँका मृतआत्माको चिरशान्तिको कामना सहित शोकशन्तब्द परिवारप्रति धैर्य्रधारण गर्ने शक्ति प्रदान होस् ।
आज उहाँको मृत्युले िसंगो दलित आन्दोलनले एक इमान्दार सच्चा व्यक्ति गुमाएको छ । जो दलित समुदायप्रति वफादार थिए ।
आज उहाँको श्रद्धान्जलीसभा प्रज्ञा भवन कमलादी देखि पशुपति आर्यघाटसम्मको यात्रामा सरिक भै उहाँले दलित आन्दोलनमा खेलेको भुमिकाको स्मरण गरे र मेरो मनबहादुरलाई सलाम ।
Thursday, May 24, 2012
"पखेटा हालेको"
केहि नयाँ काम गरौं भनेर लागेको, आज एक जना मित्रले “पखेटा हालेको” भनेर भन्नु भयो । यो कुराले मुटुको कुनै कुनामा बिझाएको महशुस भैरहेको छ । @2069 जेष्ठ 11, पुतलीसडक, काठमाडौं ।
Subscribe to:
Comments (Atom)