Monday, March 31, 2008

Tribal rights groups unhappy with govt move to increase SC base

Tribal rights groups unhappy with govt move to increase SC base




by LPK Bot
The social justice ministry wants Dalit status for a child born to a non-SC father and a Dalit mother, despite the law ministry terming the move illegal on technical grounds. More...

Sunday, February 24, 2008

खेती

-राजेन्द्र विश्वकर्मा
कस्तो अचम्म,
यो खेतीको,
न मैले यसको,
जरा, टुप्पो न पात,
देखेको छु,
मात्र फल,
फल !
फल पनि देखेको होइन,
महशुस गरेको छु,
हजारौं वर्षभयो रे,
विजारोपण गरेको,
हिन्दु धर्मदेखि शुरु भएको,
मनुस्मृतिका पाना पानामा,
शृुद्र बनाई,
राम्ररी कोरिएको,
यी र यस्तैको बर्ुइ चढी,
जयस्थिति मल्लबाट,
जंगबहादुर राणाले संस्थागत गरेको,
नेपाली भूमिमा,र्
हर्लक्क मौलाएको,
जातीय छुवाछूत,
हो यही खेतीको,
विरुद्ध,
मेरा पर्ुखले पनि,
धेरै संर्घष्ाका खेती गरे,
तर केहि लागेन,
कस्तो अचम्म,
यो खेती,
रोप्न सजिलो,
तर,
फडानी गर्न गाह्रो,
अरु,
रोप्न गाह्रो,
फडानी गर्न सजिलो,
त्यसैले,
यो उल्टो सिद्धान्त,
यही सिद्धान्तका विरुद्ध,
मैले,
खेती गरिरहेकेा छु,
अपत्यारिलो,
तर,
सम्भव युक्त,
यो खेती गरिरहनेछु,
फडानीका लागि,
लडिरहनेछु ।।

Wednesday, January 16, 2008

राम कोइराला (नेपाली) लाई बचाऔं

विनय
काठमाडौ ।


चितवन जिल्ला सारदानगर गा.वि.स. वडा नंं. ७ शहीदडम्मरपोखरी निवासी बुबा लक्ष्मण नेपाली र आमा सुकमाया नेपालीको माहिलो सन्तानको रुपमा जन्म हुनुभएका २७ बर्षीय राम कोइराला (नेपाली) विगत तीन महिनादेखि किड्नीको गम्भीर समस्याबाट ग्रसित हुनुभएको छ। दुवै किड्नी नचल्ने भएपछि शिक्षण अस्पताल महाराजगञ्जमा गत कार्तिक १० गते देखि भर्ना हुनुभएका नेपाली पौष २० गते नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा भर्ना हुनुभएको थियो। आर्थिक रुपमा अत्यन्तै महड्डो रहेको डायलोसिस विधिद्वारा उपचार गरिदैं आउने क्रममा आर्थिक अभावमा त्यहा147बाट बीर अस्पताल सारिएको छ। हाल बीर अस्पतालबाट डायलोसिस प्रक्रियाबाटै उपचाररत हुनुहुन्छ। चिकित्सकहरूका अनसार उहा147लाई किड्नी फेर्नका लागि भारतको अस्पतालमा लैजानुपर्ने हुन्छ। र डायलोसिस गर्ने क्रममा मासिक २० हजारको व्ययभार थाम्न सक्ने हालतमा परिवार नहुनु र किड्नी फेर्नका लागि कम्तिमा ८ लाख रुपैया जुटाउन नसक्नु ठूलो बिडम्बना भएको छ। अन्तरिम संविधानमा स्वास्थ्यलाई जनताको मौलिक हकमा रहेकोे यस परिप्रेक्ष्यमा राम नेपाली जस्ता गरीब जनताका लागि सो उपचार “आकाशको फल आ147खा तानी मर” भएको छ। उता उहा147को उपचार गर्दा गर्दा निरिह हालतमा रहनुभएका उहा147को दाईले अब “मर्न भन्दा बहुलाउन निको” भन्दै हाम्रो दलित मुक्ति मोर्चाको कार्यालयमा सहयोगका लागि अनुरोध गर्नुभएपछि यो खबर आम जनसमुदायमा पुर्‍याउनका लागि यो अनुरोध गरिएको छ कि राम कोइरालाजस्ता व्यक्तिहरू पैसा नभएकै कारण अकालमा मर्न नपरोस्। “एक थुकी सुकी सैयौं थुकी नदी” भनेजस्तै अलि अलि सबैले सहयोग गरौं। राष्ट्रनिर्माणको भूमिका निर्वाह गर्न सक्ने सम्भावना भएका यूवाको जीवन सबैले बचाऔं।
सहयोगका लागि सम्पर्क गर्नुपर्ने स्थान : नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय कार्यालय, कोटेश्वर।

फोन : ४४६९३६३ /९८४१३८१४६४(पदम)।
९८४१३३२२९६ (दाई सन्तबहादुर नेपाली), नया बजार।

संकलन बैंक खाता नं. : १५९४८–६५–१०–७१२०७, नेपाल बैंक लिमिटेड, क्षेत्रपाटी शाखा।